कर्मचारी समायोजन ऐनको विरोधमा धरान उपमहानगरका कर्मचारी आन्दोलित

सुनसरी — संघीय सरकारले हालै जारी गरेको कर्मचारी समायोजन ऐन २०७५ साविकका स्थानीय निकायमा कार्यरत कर्मचारीको वृत्ति विकास नहुने भन्दै धरान उपमहानगरका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरु आन्दोलित भएपछि सेवाग्राहीहरु मारमा परेका छन् । स्थानीय संयुक्त आन्दोलन परिचालन समिति गठन गरेर उनीहरुले नगरपालिकाको काम ठप्प बनाएका छन् । आन्दोलन परिचालन संयोजक खगेन्द्र

बलात्कारका पेसी दिनहुँ

धनुषा — जिल्ला अदातलत धनुषामा तीन सातादेखि फाइल बोकेर भौंतारिँदै भेटिएका व्यक्ति अन्य दिनभन्दा बिहीबार चिन्तित थिए । बलात्कार गर्ने युवकलाई कारबाहीका लागि कम्मर कसेर लागेका ती व्यक्ति अदालतमा न्याय पाउनेमा सशंकित थिए । बलात्कार आरोपमा पक्राउ परेका युवकलाई कारबाहीका पक्षमा अदालतको निर्णय उनका लागि उग्र प्रतीक्षा थियो । प्रतिपक्षमा रहँदा आफ्नो पक्षमा

भर्ना हुन्छन्, विद्यालय जाँदैनन्

(रौतहट — गुजरा नगरपालीका ८ स्थित जुगौलीया गाउँको मुसहर बस्तीमा २ सय बढी बालबालिका छन् । उनीहरूमध्ये अधिकांश विद्यालय जाँदैनन् । सबैजसोले भर्ना गरिसकेका छन् । तर अभिभावकले नै घर कुरुवा राखेर पढाउन पठाउँदैनन् । विद्यालय जाने उमेरका बालबालिका घरमा त्यतिकै बसेको भेटिन्छन् । अधिकांशका अभिभावकहरू छोराछोरीलाई घर कुरुवा राखेर ज्यालामजदुरीका लागि बाहिर जान्छन् । उनीहरूको

संविधान संशोधन गरी प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्छ : यादव

मोरङ — उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधन गरी प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताएका छन् । पार्टीको प्रदेश १ स्तरीय भेलामा मंगलबार उनले साधन स्रोतमाथिको अधिकार दिनुका साथै स्थानीय तहलाई प्रदेशको इकाईको रुपमा राख्नुपर्ने बताएका हुन् । ‘संघीय लोकतन्त्रलाई संस्थागत गर्नका लागि प्रदेशलाई मजबुत बनाउनुको विकल्प छैन,’

६० हजारमा चिया पसलमै बनाइन्छ नेपाली नागरिकता प्रमाणपत्र

राजविराज — सप्तरीबाट कीर्ते नागरिकता बनाएकाको सूची थपिँदै गएको छ । यहाँबाट कुख्यात भारतीय अपराधीदेखि, भारतीय र बंगलादेशीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको तथ्य सार्वजनिक भइरहेका बेला थप तीनवटा फेला परेका छन् । ती तीनवटै रकम लिएर चिया पसल, होटेलका कोठामा बनाइएको खुलासा भएको छ । पछिल्लोपटक भारतीय नागरिकहरु मन्टुकुमार साह,

गीतमार्फत पढाइ

डुमरिया, रौतहट — तराईका कतिपय जिल्लाका विद्यालयमा विद्यार्थीले शुद्ध नेपाली बोल्न जान्दैनन् । शुद्धताकै कमीले धेरै विद्यार्थी नेपाली विषयमा फेल हुन्छन् । चन्द्रपुर १०, डुमरियास्थित श्रीमाविका विद्यार्थी अहिले श्रव्यदृश्य कक्षामार्फत गीतका माध्यमबाट नेपाली भाषा सिकिरहेका छन् । डुमरिया, रौतहट — तराईका कतिपय जिल्लाका विद्यालयमा विद्यार्थीले शुद्ध नेपाली बोल्न जान्दैनन् । शुद्धताकै कमीले धेरै विद्यार्थी

फर्कियो कोखको खुसी

नेपालगन्ज — दम्पतीले चुँडिएको खुसी फर्किएला भन्ने चिताएका पनि थिएनन् । हुर्किएका सन्तान गुमाउँदा लामो समय आँखा ओभाएनन् । आफन्त र छिमेकीलाई सम्हाल्नै महिनौं लाग्यो । ठूलो विपत् सहन बाध्य स्थानीय एक दम्पतीको एक वर्षपछि हराएको खुसी फर्किएको छ । एक वर्षअघि राप्तीको बाढीले घर भत्काउँदा च्यापिएर ३ छोरीको मृत्यु भयो । त्यसपछि काख रित्तिएका

बस्दैनन् विशेषज्ञ डाक्टर

जाजरकाेट — कुशे गाउँपालिका ७, गुमौरीका ५० वर्षीय लक्षवीर शाही गत असार १५ मा रूखबाट खसेर सख्त घाइते भए । घाँस काट्ने क्रममा रूखबाट लडेर घाइते उनको उपचारार्थ जाजरकोट अस्पताल ल्याउँदै गर्दा बाटामै मृत्यु भएको थियो । गत साउन दोस्रो साता रुकुम चौरजहारी अस्पतालमा भेरी नगरपालिका १३, कुदुकी २८ वर्षीया यशोदा मल्लको

भाकल पूरा गर्न १६ पाथी सिक्का !

ताप्लेजुङ — काठमाडौं कीर्तिपुर–६ का ईश्वरकुमार माली (नन्दु) को टोलीका सदस्यहरूले १६ वटा पाथीमा सिक्का भरे । तिनलाई ९ जनाले पालैपालो शिरमा बोकेर मन्दिर परिक्रमा गरे र थानको छेउमा लगेर घोप्ट्याइदिए । एकैजनालाई समय लाग्ने र खाली खुट्टा घुम्न कठिन हुने भएकाले नौजनाले पालो मिलाएर परिक्रमा गरी चढाएका थिए। यो